बिहिबार, ०३ वैशाख २०८३
बुधबार, ११ चैत २०८२ · राजनीति
काठमाडौं, चैत ११ । जाँचबुझ आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई ज्यान मुद्दामा अनुसन्धान गर्न सरकार समक्ष सिफारिस गरेको देखिएको छ ।
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले मुलुकी अपराध संहिता अनुसार अनुसन्धान गर्न सिफारिस गरेको हो ।
गत भदौ २३ गते गोली प्रहारबाट आन्दोलनकारीको मृत्यु भइसकेपछि पनि तत्कालीन प्रधानमन्त्री सहित अन्य पदाधिकारी रोक्न नलागेको निष्कर्ष निकालेको छ। उच्च अधिकारीहरुको लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहारले गर्दा मानबीय क्षति हुन गएको रिपोर्टमा उल्लेख छ ।