logo-image

बुधबार, १७ भदौ २०८३

दिल्लीमा रवि लामिछानेको उच्चस्तरीय राजनीतिक भेटघाट, आज प्रधानमन्त्री मोदीलाई भेट्दै

बुधबार, २० जेठ २०८३ · राजनीति

दिल्लीमा रवि लामिछानेको उच्चस्तरीय राजनीतिक भेटघाट, आज प्रधानमन्त्री मोदीलाई भेट्दै

नयाँ दिल्ली, जेठ २० ।  भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ।

भ्रमणका क्रममा लामिछानेले मंगलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा त्यहाँको शीर्ष नेतृत्वसँग महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक छलफल गर्नुभएको छ। उहाँले भाजपाका महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसहितका उच्च नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको हो।

त्यसैगरी, सभापति लामिछानेले भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेट गर्नुभएको छ।  ती भेटहरूमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा सघन विचार-विमर्श भएको रास्वपाले जनाएको छ।