बिहिबार, २१ जेठ २०८३
बिहिबार, २१ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ २१ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र दु्रत आर्थिक विकासको काममा प्रतिवद्ध भएर लागि परेको बताउनुभएको छ ।
बिहीवार ललितपुरमा आयोजित विकास बहस सम्बन्धि कार्यक्रममा बोल्दै उहाँले उक्त दाबी गर्नुभएको हो । मन्त्री खनालले नागरिकहरुमा परिवर्तनप्रतिको आकांक्षालाई सम्बोधन गर्न सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने पनि बताउनु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्यमा पुग्नका लागि मूर्त र दिगो विकास साझेदारीका प्रयासहरुलाई अघि बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको संलग्नतामार्फत नेपालको राष्ट्रिय हितलाई अगाडि बढाइने पनि बताउनु भयो । विकास साझेदारहरूसँग साझेदारीलाई सुदृढ पार्नु, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्नु र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्ने सुनिश्चित गर्ने काममा सरकार लागि परेको मन्त्री खनालको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘हाम्रा नागरिकका अपेक्षाहरू फेरिएका छन्, ती आकांक्षा पूरा गर्न परम्परागत शैलीभन्दा बाहिर निस्केर काम गर्नु आवश्यक छ । सरकार एआईएनसँग नयाँ ऊर्जाका साथ सहकार्य गर्दै समृद्धिको साझा लक्ष्य प्राप्त गर्न तयार छ ।’
मन्त्री खनालले स्थानीय सरकारलाई बलियो बनाएर मात्रै सामाजिक संघ, संस्थाहरुको कामलाई प्रभावकारी बनाउन सकिने पनि स्पष्ट पार्नुभयो । उहाँले मुलुकको दिगो शान्ति, विकास र समृद्धिलाई अगाडि बढाउने राष्ट्रिय प्रयासहरूलाई सार्थक बनाउने गरी विकास साझेदार संस्थाहरुले काम गर्नुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल
भक्तपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
१९ मिनेट अगाडि
दराज नेपालद्धारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा
एक घण्टा अगाडि