सोमबार, १८ जेठ २०८३
मङ्गलबार, २४ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत २४ । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।
दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। आज डडेलधुरा, जुम्ला, पोखरा, काठमाण्डौं, ओखलढुङ्गा, जोमसोम, जिरी र ताप्लेजुङमा मेघगर्जन/चट्याङ सहित मध्यम पानी पर्ने ४० प्रतिशत सम्भावना छ।
राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरु तथा बागमती र कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।