logo-image

मङ्गलबार, ३० असार २०८३

खरिपाटी होल्डिङ सेन्टरमा गृहमन्त्रीसहितको टोलीको दुई घण्टा निरीक्षण

आइतबार, २८ असार २०८३ · राजनीति

खरिपाटी होल्डिङ सेन्टरमा गृहमन्त्रीसहितको टोलीको दुई घण्टा निरीक्षण

भक्तपुर, असार २८ । कीर्तिपुर डुबानपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुम्बासीहरूको अवस्था बुझ्न गृहमन्त्री सुदन गुरुङसहितको उच्च सरकारी टोलीले आइतबार स्थलगत निरीक्षण गरेको छ।

गृहमन्त्रीको नेतृत्वमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भक्तपुर तथा जिल्लाका सुरक्षा निकायका उच्च अधिकारीहरू सम्मिलित टोलीले सेन्टरको व्यवस्थापन, भौतिक पूर्वाधार, उपलब्ध सेवा-सुविधा र त्यहाँ आश्रित परिवारहरूको अवस्थाबारे जानकारी लिएको हो। आइतबार बिहान ११:०५ बजे सेन्टरभित्र प्रवेश गरेको मन्त्रीसहितको टोली झण्डै दुई घण्टा अर्थात् दिउँसो १२:५० बजेसम्म त्यहाँ बसेको थियो।

तर, सरकारी टोलीको यस महत्त्वपूर्ण निरीक्षणको समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई भने गेट मै रोकिएको छ। निरीक्षणका क्रममा सञ्चारकर्मीलाई सेन्टरभित्र प्रवेश गर्न नदिई सूचनामा बन्देज लगाइएपछि सरकारी टोलीको पारदर्शिता र नागरिकको सूचनाको अधिकारमाथि गम्भीर प्रश्न उठेको छ। 

 

ताजा समाचार