logo-image

शनिबार, ०५ वैशाख २०८३

रहबर अन्सारी उद्योग समिति सभापतिमा निर्वाचित, समस्या समाधानको संयन्त्र बनाउने प्रतिवद्धता

शुक्रबार, ०४ वैशाख २०८३ · राजनीति

रहबर अन्सारी उद्योग समिति सभापतिमा निर्वाचित, समस्या समाधानको संयन्त्र बनाउने प्रतिवद्धता

काठमाडौं, वैशाख ४ ।   उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारी निर्वाचित हुनुभएको छ ।

शुक्रवार समिति बैठकमा ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले अन्सारीको मात्रै उम्मेदवारी परेकाले निविरोध निर्वाचित भएको घोषणा गर्नुभयो । सभापतिमा निर्वाचित भएपछि अन्सारीले संसदीय समिति भित्रको काम कर्तव्य अधिकार भित्र रहेको आफूले जिम्मेवारी निर्वाह गर्ने बताउनु भयो ।

उहाँले संसदीय समितिको कार्यक्षेत्र भित्र रहेर अब जनताको समस्या समाधान तिर लाग्ने बताउनु भयो ।