logo-image

बुधबार, १७ भदौ २०८३

देश रास्वपाको नेतृत्वमा सुरक्षित छ, हाम्रो शक्ति दम्भ होइन: सभापति रवि लामिछाने

आइतबार, ०७ असार २०८३ · राजनीति

देश रास्वपाको नेतृत्वमा सुरक्षित छ, हाम्रो शक्ति दम्भ होइन: सभापति रवि लामिछाने

 

चितवन, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश रास्वपाको नेतृत्वमा पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेका छन्। चितवनको भरतपुरमा सुरु भएको पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अन्य राजनीतिक दलका नेताहरूतर्फ लक्षित गर्दै सभापति लामिछानेले बदलिएको राजनीतिक परिस्थितिले रास्वपालाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको उल्लेख गरे। "देश रास्वपाको हातमा छ र देश सुरक्षित छ," उनले भने, "तर शक्तिशाली हुनुको अर्थ हाम्रो दम्भ वा प्रतिशोध होइन।"

रास्वपा नागरिकप्रति सधैं जिम्मेवार भएर अघि बढ्ने स्पष्ट पार्दै उनले लोकतन्त्रका स्थायी मान्यता, संविधान र मानवअधिकारको संरक्षण गर्न पार्टी प्रतिबद्ध रहेको बताए। सम्बोधनका क्रममा उनले अन्य राजनीतिक दलका नेताहरूलाई पनि कुनै आशङ्का नराखी ढुक्क भएर अघि बढ्न आग्रह गरे।