logo-image

मङ्गलबार, १९ जेठ २०८३

प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परे पुनः जवाफ दिनुहुनेछः सरकारका प्रवक्ता

मङ्गलबार, १९ जेठ २०८३ · राजनीति

प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परे पुनः जवाफ दिनुहुनेछः सरकारका प्रवक्ता

काठमाडौं, जेठ १९ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह सरकारप्रति उत्तरदायी रहनुभएको स्पष्ट पार्नुभएको छ । 

मंगलवार बसेको मन्त्रीपरिषद् बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आईतवारमात्रै सदनमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने प्रतिवद्धता जनाउनु भयो । सीमा विवादको विषय दुई देशबीचको संवाद र टेबल टकमार्फत समाधान गर्नुपर्ने विषय भएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो,‘हामीले देखेकै छौँ, प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ । उहाँले केही दिनअघि सदनमा उपस्थित भएर जवाफ दिनुभएको थियो र आवश्यकता परेमा फेरि पनि सदनमा उपस्थित भएर जवाफ दिनुहुनेछ । सीमा विवादको विषय दुई देशबीचको संवाद र टेबल टकमार्फत समाधान गर्नुपर्ने विषय हो । नेपाल र भारत दुवै पक्षले यस विषयलाई आपसी संवादबाट समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । त्यसैले आवश्यक सबै काम कारबाही कुटनीतिक माध्यमबाट परराष्ट्र मन्त्रालयले अगाडि बढाइरहेको छ ।’

उहाँले नेपाल र भारत दुवै पक्षले यस विषयलाई आपसी संवादबाट समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको पनि बताउनु भयो । आवश्यक सबै काम कारबाही कुटनीतिक माध्यमबाट परराष्ट्र मन्त्रालयले अगाडि बढाइरहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल