logo-image

बुधबार, १७ भदौ २०८३

मातातिर्थ औसीमा प्रधानमन्त्री बालेन्द्रको शुभकामना - नेपाल आमा उज्यालो मुहार देख्न पाउ

शुक्रबार, ०४ वैशाख २०८३ · राजनीति

मातातिर्थ औसीमा प्रधानमन्त्री बालेन्द्रको शुभकामना - नेपाल आमा उज्यालो मुहार देख्न पाउ

 काठमाडौं, बैशाख ४ । प्रधानमन्त्री बालेन्द्र शाहले मातातिर्थको दिनमा सम्पुर्ण आमाहरुप्रति सम्मान ब्यक्त गरेका छन् । उनले माता र मातृभूमि स्वर्गभन्दा पनि महान हुने लेखेका छन् । 
शुक्रबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल आमाको मुहार सधै उज्यालो हेर्न चाहेको बताएका छन् । 
माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।