logo-image

मङ्गलबार, १६ भदौ २०८३

प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक कृषि प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

बिहिबार, ०७ साउन २०८३ · राजनीति

प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक कृषि प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

 

काठमाडौं, साउन ७ ।  प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी तथा व्यवसायीहरूसँग छलफल गर्दै हुनुहुन्छ। छलफलमा अर्ग्यानिक कृषि उत्पादनको वृद्धि, प्रशोधन प्रणाली, बजारीकरण र निर्यात प्रवर्द्धनसम्बन्धी सम्भावना तथा चुनौतीहरूबारे संवाद हुनेछ। 

बैठकमा सङ्घका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अग्र्यानिक एग्रो इन्डस्ट्रिका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुनुहुनेछ।

उद्योग-व्यवसाय प्रवर्द्धनका लागि प्रधानमन्त्री शाहले निरन्तर व्यवसायीहरूसँग संवाद गर्दै आउनुभएको छ।