logo-image

शुक्रबार, १९ भदौ २०८३

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

मङ्गलबार, २४ चैत २०८२ · राजनीति

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं, चैत्र २४ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विशेष एजेन्डाहरूमा छलफल गर्न यो बैठक आकस्मिक रूपमा आह्वान गरिएको हो। आजको बैठकले मुख्यतया विभिन्न सरकारी निकायहरूमा रिक्त रहेका महत्त्वपूर्ण प्रशासनिक पदहरूमा नियुक्ति गर्ने तयारी गरेको छ।

यसका साथै, नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर र योजना आयोगका रिक्त पदपूर्ति लगायतका विषयमा पनि बैठकले ठोस निर्णय लिन सक्ने सम्भावना रहेको छ।