logo-image

बिहिबार, १८ भदौ २०८३

राष्ट्रपतिद्वारा आज संसदको संयुक्त बैठक सम्बोधन, संसद अधिवेशन आज रातिबाट अन्त्य हुँदै

शुक्रबार, २७ चैत २०८२ · राजनीति

राष्ट्रपतिद्वारा आज संसदको  संयुक्त बैठक सम्बोधन, संसद अधिवेशन आज रातिबाट अन्त्य हुँदै

काठमाडौं, चैत २७ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३:०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ को प्रावधान बमोजिम राष्ट्रपतिले यो सम्बोधन गर्न लाग्नुभएको शीतल निवासले जनाएको छ। उक्त बैठकमा सहभागी हुन संघीय संसद्का सम्पूर्ण सदस्यहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ। 

यसैबीच, सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आजै राति १२ बजेदेखि लागू हुने गरी संसद्को चालू अधिवेशन समेत अन्त्य गरिसक्नुभएको छ। हिउँदे अधिवेशन समापन गरी आगामी बजेट अधिवेशनको तयारीका लागि सरकारले यो कदम चालेको हो, जससँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्तमान बैठकहरू औपचारिक रूपमा समाप्त हुनेछन्।