logo-image

शनिबार, २० भदौ २०८३

स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त

शुक्रबार, २० चैत २०८२ · राजनीति

स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त

काठमाडौं, चैत २० । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौडेल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको हालै बसेको बैठकले गत चैत १९ गतेदेखि नै लागू हुने गरी पौडेललाई उक्त पदमा नियुक्त गरेको हो।

बैंकका अनुसार पौडेललाई पूर्व स्वतन्त्र सञ्चालक सिद्धान्त राज पाण्डेको स्थानमा नियुक्त गरिएको हो। नेपाली बैंकिङ क्षेत्रमा निकै अनुभवी बैंकरका रूपमा परिचित पौडेलले यसअघि ग्लोबल आइएमई बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यभार सम्हालिसकेका छन्।

उनले बेलायतको लन्डन स्कुल अफ कमर्सबाट एमबिएसम्मको शिक्षा हासिल गरेका छन्।