आइतबार, १७ जेठ २०८३
शुक्रबार, १५ जेठ २०८३ · मनोरञ्जन
काठमाडौं, जेठ १५ । नेपाली चलचित्रका दर्शकहरूका लागि खुसीको खबर छ। चर्चित नेपाली चलचित्र 'जारी २' नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ मार्फत सार्वजनिक गरिएको छ ।
दर्शकहरूलाई घरमै बसेर नयाँ चलचित्र हेर्ने उत्कृष्ट सुविधा दिने उद्देश्यका साथ सिनेमाघरले यो चलचित्र विश्वभर एकसाथ स्ट्रिमिङमा ल्याएको हो। अब स्वदेश तथा विदेशमा रहेका जोकोही दर्शकले एचडी क्वालिटीमा मात्र १९९ र फोरके (4K) क्वालिटीमा २९९ रुपैयाँ तिरेर यो चलचित्रको भरपुर मनोरञ्जन लिन सक्नेछन् ।
नेपाली चलचित्र ’जारी २’ पूर्वी नेपालको लिम्बु समुदायको संस्कृति र ’जारी प्रथा’मा आधारित एक उत्कृष्ट चलचित्र हो। यस चलचित्रलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् भने बाँसुरी फिल्म्सको ब्यानरमा रामबाबु गुरुङ र उनको समूहले यसको निर्माण गरेका हुन् । यो चलचित्र बक्स अफिसमा निकै सफल भएको ’जारी’ चलचित्रको दोस्रो श्रृंखला हो। यसमा दयाहाङ राई, मिरुना मगर र विजय बराल जस्ता चर्चित कलाकारहरू मुख्य भूमिकामा रहेको छ। चलचित्रले लिम्बु संस्कृति, उनीहरूको परम्परागत च्याब्रुङ नाच र पुरानो कालखण्डको कथालाई निकै सुन्दर ढंगले पर्दामा प्रस्तुत गरेको छ ।
प्रविधिमैत्री बन्दै गएको सिनेमाघरले दर्शकको सहजताका लागि विभिन्न माध्यमबाट चलचित्र हेर्न सकिने विस्तृत व्यवस्था मिलाएको छ। गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट ‘सिनेमाघर एप’ डाउनलोड गरी स्मार्टफोन वा ट्याब्लेटमा चलचित्र हेर्न सकिन्छ । यसका साथै ठूलो पर्दामा चलचित्रको मज्जा लिन चाहनेहरूका लागि एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी र एलजी वेबओएस जस्ता स्मार्ट टिभीहरूमा पनि यो एप सहजै डाउनलोड गर्न सकिन्छ । मोबाइलबाट क्रोमकास्टको प्रयोग गरेर वा कम्प्युटरमा सिधै वेब ब्राउजरमार्फत पनि ‘जारी २’ हेर्न सकिने सुविधा प्लेटफर्मले प्रदान गरेको छ ।
दर्शकलाई उच्च गुणस्तरको दृश्य अनुभव प्रदान गर्न सिनेमाघरले हालै मात्र आफ्नो प्लेटफर्ममा ’फोरके’ (4K) स्ट्रिमिङको सुरुवात समेत गरेको छ । यस प्रविधिको स्तरोन्नतिसँगै ’जारी २’ लगायतका चलचित्रहरू अब अझै उत्कृष्ट, स्पष्ट र जीवन्त भिजुअल क्वालिटीमा हेर्न सकिनेछ ।
पछिल्ला वर्षहरूमा ‘सिनेमाघर’ले नेपाली चलचित्रहरूलाई विश्वव्यापी दर्शकमाझ पु¥याउन र नेपाली सिनेमा उद्योगको बजार विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । हलमा प्रदर्शन भइसकेका र दर्शकले अत्यधिक रुचाएका चलचित्रहरूलाई डिजिटल माध्यमबाट विश्वभर छरिएर रहेका नेपालीहरूसम्म पु¥याउने कार्यमा यो प्लेटफर्म निकै सफल मानिएको छ । हाल सिनेमाघरमा ’जारी २’ का अलावा नेपाली बक्स अफिसमा चर्चा कमाएका ’१२ गाउँ’, ‘पिताम्बर’, ‘गाउँ आएको बाटो’ लगायतका दर्जनौँ उत्कृष्ट चलचित्रहरू नियमित रूपमा स्ट्रिमिङ भइरहेका छन् ।
भिडियो लिंक