logo-image

बिहिबार, ०३ वैशाख २०८३

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री वालेन्द्र शाह

बिहिबार, ०३ वैशाख २०८३ · राजनीति

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल  गर्दै  प्रधानमन्त्री वालेन्द्र शाह

 

काठमाडौं, वैशाख ३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पदभार ग्रहण गरेपछि पहिलो पटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग विशेष छलफल गर्दै हुनुहुन्छ। संघीयता कार्यान्वयन र विकासको गतिलाई तीव्रता दिने उद्देश्यले यो बैठक आह्वान गरिएको हो।

शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे विशेष छलफल गर्दैछन्। संघीयता कार्यान्वयनलाई थप सुदृढ बनाउँदै जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस बैठकमा विकास निर्माणका कार्यलाई तीव्रता दिने र स्रोत–साधनको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने विषयमा गहन संवाद हुनेछ।

विशेष गरी प्रदेशहरूले भोग्दै आएका प्रशासनिक र आर्थिक चुनौतीहरूको समाधान पहिल्याउनुका साथै राष्ट्रिय प्राथमिकताका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्यलाई अझ मजबुत बनाउने एजेन्डा तय गरिएको छ। यसका साथै, देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा गुणात्मक सुधार र सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्दै संघीयताको मर्म अनुरूप अघि बढ्न यो बैठकलाई एउटा महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ।