logo-image

आइतबार, ०७ असार २०८३

भारतलाई प्रधानमन्त्री साहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ

आइतबार, ०७ असार २०८३ · राजनीति

भारतलाई प्रधानमन्त्री साहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ

चितवन, असार ७ ।  प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले कालापानी र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग सुरक्षित रहेको स्पष्ट पार्नुभएको छ।

आइतबार चितवनमा पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सीमा विवाद समाधानका लागि कुनै तेस्रो पक्ष वा वैदेशिक मध्यस्थकर्ताको आवश्यकता नरहेको र नेपालले छिमेकी मुलुकसँग प्रत्यक्ष संवादमार्फत नै समस्याको समाधान खोज्ने बताउनुभयो।

केही समयअघि प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर भएको आलोचनाको स्पष्टीकरण दिँदै प्रधानमन्त्री साहले आफूले तत्कालीन ब्रिटिस शासककालीन प्रमाण ल्याउने कुरा गरेको तर बेलायतलाई मध्यस्थकर्ता बनाउन नखोजेको प्रस्ट पार्नुभयो। उहाँले प्रमाणकै आधारमा नेपालले आफ्नो अडान राख्ने उल्लेख गर्दै आफ्नो राष्ट्रियता र देशप्रतिको निष्ठामा कसैलाई पनि आशङ्का नगर्न आग्रह गर्नुभयो।