logo-image

बुधबार, ०९ वैशाख २०८३

कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, जनताले सवक सिकाएः प्रचण्ड

बुधबार, ०९ वैशाख २०८३ · राजनीति

कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, जनताले सवक सिकाएः प्रचण्ड

काठमाडौं, वैशाख ९ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरु सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सजाय जनताले निर्वाचनमार्फत दिएको बताउनुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उहाँले जनताले सुध्रिने अवसर दिएको बताउनु भयो । उहाँले सत्तामा रहँदा पार्टीभित्र फोहोर थुप्रिँदै गएको स्वीकार गर्नुभयो ।

उहाँले जनताले घृणा गरेको नभई फोहोर जम्मा भएकोले नुहाईधुवाई गरेर फर्कन सवक सिकाएको उल्लेख गर्नुभयो । उहाँकाअनुसार हाल देखिएको राजनीतिक धक्कालाई गम्भिर आत्मसमीक्षा गरेर सुधारको अवसरका रूपमा लिनुपर्ने बताउनु भयो । यी अनुभवबाट पाठ सिकेर अगाडि बढ्न सके कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुने उहाँको भनाई छ । 

उहाँले भन्नुभयो, ‘अहिले क्षणिक रुपमा कम्युनिष्ट आन्दोनले धक्का खाएको देखिएको छ, त्यसबाट हामीले शिक्षा लिनुपर्छ । यी धक्काहरु जो खाइन्छ, बेलाबेलामा । ती हामीभित्र जम्मा भएका फोहोर मैला सफा गर्ने अवसर पनि हो । सायद हामी सत्तामा बस्दा, कुर्सीमा बस्दाबस्दा धेरै फोहोरहरु हामीभित्र जम्मा हुँदै गएको थियो । अहिले जनताले हामीलाई घृणा गरेको होईन, जनताले हामीलाई नुहाईधुवाई गरेर आउ भनेर सवक सिकाएको हो ।

त्यसकारण हामीले फोहोरमैला सफा गर्ने अवसर र त्यसलाई सुधार गर्ने अवसरको रुपमा पनि यसलाई लिनुपर्छ ।’ उहाँले कम्युनिष्टहरुमा गल्ती स्वीकार गर्ने र सुर्धान सक्ने क्षमता रहेको बताउनु भयो ।

– न्युज एजेन्सी नेपाल