बुधबार, १७ भदौ २०८३
मङ्गलबार, २६ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ २६ । संघीय संसद्को आजको बैठकमा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने मुख्य कार्यसूची रहेको छ।
यसका साथै निर्धारित अवधिभित्र अर्थ विधेयक फिर्ता नभएको जानकारी सदनलाई गराउने र चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेलगायतका सम्भावित कार्यसूचीहरू तय गरिएका छन्।
तर, प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’ले सीमा सम्बन्धी दिएको अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने अडान राख्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध पार्दै आएका छन्। प्रतिपक्षको यही चर्को विरोध र गतिरोधका कारण आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्न पाउने वा नपाउने भन्ने कुरा अझै निश्चित हुन सकेको छैन।