logo-image

मङ्गलबार, १६ भदौ २०८३

राष्ट्रपतिद्वारा संसदको संयुक्त बैठकमा गरिने सम्बोधनको मस्यौदा मन्त्रिपरिषदबाट स्वीकृत

सोमबार, २८ वैशाख २०८३ · राजनीति

राष्ट्रपतिद्वारा संसदको संयुक्त बैठकमा गरिने सम्बोधनको मस्यौदा मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं, वैशाख २८ । सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रश्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ । 

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट गरिने उक्त सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले सोमवार अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताउनु भयो ।

नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थिति आह्वान गर्नसक्ने व्यवस्था रहेको छ । सोही संवैधानिक प्रावधान अनुरूप सरकारले राष्ट्रपतिको सम्बोधनको विषयवस्तुलाई औपचारिक रूपमा स्वीकृत गरेको हो । –न्युज एजेन्सी नेपाल