logo-image

बुधबार, १४ असोज २०८३

काँग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनः १८ असोजमा उद्घाटन, पदाधिकारी निर्वाचन २१ र २२ मा

मङ्गलबार, १३ असोज २०८३ · राजनीति

काँग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनः १८ असोजमा उद्घाटन, पदाधिकारी निर्वाचन २१ र २२ मा

 

काठमाडौं, असोज १३ । नेपाली काँग्रेसको नेपाली काँग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन असोज १८ गते हुने भएको छ । 
वर्षाका कारण क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि चयन गर्न कठिनाइ भएपछि पूर्वनिर्धारित कार्यतालिका संशोधन गर्नुपरेको पार्टीको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्यले बताउनु भयो । उहाँले निरन्तर वर्षाको कारण क्षेत्रीय अधिवेशनका क्रममा सबै निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चयन हुन नसकेको बताउनु भयो । उहाँकाअनुसार निर्वाचन समितिले अधिवेशन सम्पन्न गर्न असोज १३ गतेसम्म समय थपे पनि केही निर्वाचन क्षेत्रमा प्राविधिक कारणले प्रक्रिया पूरा हुन सकेको छैन । उहाँले अब महाधिवेशनको मिति परिवर्तन हुने सम्भावना नरहेको बताउँदै यही असोज १८ गते दिउँसो २ बजे खुलामञ्च उद्घाटन कार्यक्रम हुने जानकारी दिनुभयो । उहाँले महाधिवेशनका लागि आवश्यक तयारी भइरहेको र व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न समितिहरू गठन गरी जिम्मेवारीअनुसार काम गरिरहेको पनि बताउनु भयो । उहाँकाअनुसार महाधिवेशनमा प्रश्तुत गरिने राजनीतिक तथा सांगठनिक प्रतिवेदनहरू पार्टीका सभापति, उपसभापति तथा महामन्त्रीहरूले तयार गरिरहेका छन् ।
उहाँले भन्नुभयो, ‘पार्टीको १५ औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्राकृतिक कारणले सार्नु परेको हो । क्षेत्रीय अधिवेशनको तय गरिएको मितिमा अत्याधिक वर्षा भएको कारण  सबै निर्वाचन क्षेत्रहरूमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्न सक्ने अवस्था रहेन । निर्वाचन समितिले त्यस कुरालाई मध्यनजर राखेर १३ गतेसम्मको लागि समय बढाएको थियो ।  त्यस समयमा पनि कतिपय क्षेत्रहरूमा सम्भव नभएको कारणले प्राविधिक कारणले मात्रै महाधिवेशन सारिएको हो । अब हेरफेर गर्ने सम्भावना छैन ।  यही असोज १८ गते  २ बजे टुँडिखेलमा उद्घाटन हुन्छ । अहिलेसम्म तयारी तयारीको हिसावले सम्पूर्ण हिसाबबाट तयारी भइराखेको छ । व्यवस्थापन पक्षलाई मजबुत बनाउनका लागि विभिन्न समितिहरू गठन गरिएका छन् र ती समितिहरूले आआफ्नो काम गरिरहेको अवस्था छ । राजनीतिक रूपमा तयार गर्नुपर्ने प्रतिवेदनहरू सभापति, उपसभापति र महामन्त्रीज्यूहरूले तयार गरिराख्नुभएको छ । त्यसकारणले कुनै पनि कारणबाट यसमा फेरि हेरफेर गर्नुपर्ने अवस्था छैन । देशभरका निर्वाचन क्षेत्रमा आज महाधिवेशन सकिनुपर्ने हो । तर कतिपय  निर्वाचन क्षेत्रमा निर्वाचन हुने खबर आइरहेको छ । सम्भवतः भोलिदेखि उता जान्छ जस्तो लाग्दैन । ठ्याक्कै कति वटामा महाधिवेशन सम्पन्न भयो भन्ने कुरा आइसकेको छैन ।’
देशभरका निर्वाचन क्षेत्रमा आजसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेपनि केही क्षेत्रमा अझै निर्वाचन हुन बाँकी रहेको आचार्यले जानकारी दिनुभयो । महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता १६ असोजदेखि शुरु हुने बताइएको छ । १९ र २० असोजमा प्रदेशगत समूहमा बन्दसत्र सञ्चालन गरी विभिन्न प्रश्ताव तथा दस्ताबेजमाथि छलफल तथा पारित गरिनेछन् । पदाधिकारी र केन्द्रिय सदस्यको उम्मेदवारी दर्ता, मतदान तथा मतगणनासहित निर्वाचन २१ र २२ असोजमा गर्ने कार्यतालिका तय भएको छ ।