logo-image

शनिबार, १६ जेठ २०८३

महाकाली करिडोरको दार्चुला–टिङकर खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिइनेछः अर्थमन्त्री वाग्ले

शुक्रबार, १५ जेठ २०८३ · अर्थ

महाकाली करिडोरको दार्चुला–टिङकर खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिइनेछः अर्थमन्त्री वाग्ले

काठमाडौं, जेठ १५ । सरकारले महाकाली करिडोरको दार्चुला–टिङकर खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिने भएको छ । 
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा उक्त कुरा समावेश गरिएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मेची, अरुण, तमोर, भेरी, सेती करिडोर र फुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तिब्रता दिइने पनि बताउनु भयो । त्यसैगरी काठमाडौं चक्रपथ विस्तारका लागि बाँकि रहेका कामहरुलाई पनि अघि उहाँले बढाउने बताउनु भयो । 
अर्थमन्त्री वाग्लेले भन्नुभयो,‘महाकाली करिडोरको दार्चुला–टिङ्कर खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु । मेची, अरुण, तमोर, भेरी, सेती करिडोर र फुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ । काठमाडौं चक्रपथ विस्तार अन्तर्गत बाँकि रहेका कामहरु अघि बढाइनेछ ।’
अर्थमन्त्री वाग्लेले सुरुङ मार्ग निर्माणको कामलाई पनि गति दिने बताउनु भयो ।