logo-image

बिहिबार, ०३ वैशाख २०८३

ओली पक्राउको विषय सर्वोच्चमा: राधिका शाक्यद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर

आइतबार, १५ चैत २०८२ · राजनीति

ओली पक्राउको विषय सर्वोच्चमा: राधिका शाक्यद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर

काठमाडौं, चैत्र १५।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।

ओलीकी पत्नी राधिका शाक्यले दायर गरेको उक्त रिटमा अध्यक्ष ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गरिएको छ। रिटमा जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दाबी गरिएको छ।

अदालतले रिट दर्ता गरिसकेको छ भने यस विषयमा सोमबार बहस हुने तय भएको छ। 'जेन-जी' आन्दोलन दमनको आरोपमा चैत १४ गते निवासबाटै पक्राउ परेका ओली हाल स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ।

एमालेले यस पक्राउलाई 'पूर्वाग्रही र गैरकानुनी' कदम भन्दै कानुनी र राजनीतिक दुवै रूपमा प्रतिवाद गर्ने जनाएको छ।