logo-image

बिहिबार, ०३ वैशाख २०८३

स्वास्थ्य जाचका लागि ओलीलाई लगियो अस्पताल, जाँचसकेपछि पुन प्रहरी परिसरमै ल्याइने

शनिबार, १४ चैत २०८२ · राजनीति

स्वास्थ्य जाचका लागि ओलीलाई लगियो अस्पताल, जाँचसकेपछि पुन प्रहरी परिसरमै ल्याइने


काठमाडौं, चैत १४ । हेलचेक्राईपूर्वक ज्यान मारेको अभियोगमा पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले स्वास्थ्य जाचका लागि अस्पताल लगेको छ। र, उनलाई स्वास्थ्य जाँचपछि पुनः प्रहरी परिसरको कार्यालयमा ल्याइनेछ। 
भदौ २३ गते भएको जेन जि आन्दोलनमा हेलचेक्राई गरि ज्यान मारेको अभियोगमा तत्कालिन प्रधानमन्त्रीको रुपमा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेका हुन् । तीन दिन अघि सार्वजनिक भएको जेनजी आन्दोनल जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूले लापरवाही गरेको ठहर गरेकाले शनिबार बिहानै ओली र लेखकलाई पक्राउ गरिएको छ । 
मुलुकी अपराध संहिताका २८१, २८२ र २८३  लाई कोट गर्दै प्रहरीले पक्राउ परेको हो ।  यि दफामा ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । हेलचेक्र्याइँपूर्वक कसैको ज्यान मार्ने कार्य गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।