बिहिबार, ०३ वैशाख २०८३
आइतबार, १५ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र १५ । मुटुको चालमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज भिडियो कन्फरेन्समार्फत अदालत उपस्थित गराइने भएको छ।
स्वास्थ्यका कारण भौतिक रूपमा उपस्थित गराउन नसकिने भएपछि प्रहरीले भर्चुअल माध्यम रोजेको हो। उता, शनिबार नै पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने म्याद थपका लागि अदालत उपस्थित गराइसकिएको छ।