logo-image

बुधबार, २४ भदौ २०८३

ओलीले भने–‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ’

बुधबार, २४ भदौ २०८३ · राजनीति

ओलीले भने–‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ’

 

काठमाडौं, भदौ २४ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने मानिस नभएको बताउनुभएको छ । 
गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा जलाइएको बालकोटस्थित आफ्नो निवासको बुधवार अवलोकन गर्ने क्रममा ओलीले आफूहरू न पहिला भागेको, न अहिले भाग्ने र न भविष्यमा नै भाग्ने बताउनुभएको हो । उहाँले आफूहरू नेपाली मूलका नागरिक भएको उल्लेख गर्दै अरूले उभ्याएको नभई आफ्नै संघर्ष र योगदानबाट स्थापित भएको बताउनु भयो । 
ओलीले भन्नुभयो, ‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ । यो देश हाम्रो पनि हो । हामी अन्य ओरिजनको होइन, नेपाली ओरिजनको हो । हामी अरूले उभ्याएको होइन ।’
भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट आफ्नो निवासमा पुगेको क्षतिको अवलोकन गर्न बुधवार ओली बालकोट जानुभएको हो ।