बिहिबार, ०३ वैशाख २०८३
शनिबार, १४ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १४ । जेन जि आन्दोलनका बेलामा प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रहेका रमेश लेखकलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोध नभई यो न्याय भएको बताएका छन् । ओली र लेखकलाई पक्राउ गरेपछि गुरुङले जेन जि आन्दोलनका बेलामा सहिद भएकाहरुको अन्त्यष्टीका बेलाको आफ्नो तस्वीर राख्दै सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।
उनले यो तस्वीर मार्फत जेन जि आन्दोलनका सहिदको न्यायका लागि ओली र लेखक पक्राउ गरेको इकित गरेका छन् ।
भदौ २३ गते भएको जेन जि आन्दोलनमा हेलचेक्राई गरि ज्यान मारेको अभियोगमा तत्कालिन प्रधानमन्त्रीको रुपमा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेका हुन् । तीन दिन अघि सार्वजनिक भएको जेनजी आन्दोनल जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूले लापरवाही गरेको ठहर गरेकाले शनिबार बिहानै ओली र लेखकलाई पक्राउ गरिएको छ ।
मुलुकी अपराध संहिताका २८१, २८२ र २८३ लाई कोट गर्दै प्रहरीले पक्राउ परेको हो । यि दफामा ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । हेलचेक्र्याइँपूर्वक कसैको ज्यान मार्ने कार्य गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।