logo-image

शनिबार, २० भदौ २०८३

प्रतिनिधी सभाको सभामुख पदका लागि आज उमेदवारी दर्ता हुने

शुक्रबार, २० चैत २०८२ · राजनीति

प्रतिनिधी सभाको सभामुख पदका लागि आज उमेदवारी दर्ता हुने

काठमाडौं, चैत २० । प्रतिनिधी सभाको सभामुख चयनका लागि आज उमेदवारी दर्ता हुने भएको छ । चैत २२ गते गर्ने निर्वाचन गर्ने योजना छ । 

शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई सभामुखमा अघि सारेको छ । डीपी अर्याल सभामुख हुने निश्चित जस्तै छ । प्रतिनिधि सभामा १ सय ८२ सिटसहित रास्वपा ठूलो दल रहेकाले अर्याल सभामुख हुने निश्चित देखिन्छ ।

अहिले सभामुख नहुँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्दै आएका छन् ।