logo-image

बिहिबार, ०३ वैशाख २०८३

नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

बिहिबार, १२ चैत २०८२ · राजनीति

नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, चैत १२ । गत २१ फागुनको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा बिहीवार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन् । बुधवार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराउनुभएको हो । ४७  जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन् ।

–न्युज एजेन्सी नेपाल