शनिबार, २० भदौ २०८३
बिहिबार, १९ चैत २०८२ · राजनीति
काठमाडौं, चैत्र १९ । नयाँ निर्वाचनपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आज दिउँसो २:०० बजेदेखि सिंहदरबारमा प्रारम्भ हुँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आह्वान गरिएको यस अधिवेशनको पहिलो बैठक ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा बस्नेछ।
आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले निर्वाचन र सुरक्षासँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण अध्यादेशहरू, 'मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२', 'प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२' र 'नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२' पेस गर्ने कार्यसूची रहेको छ।
आजै सभामुख र उपसभामुखको निर्वाचनको मिति समेत तय गरिनेछ। २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टीको वर्चस्व रहेको छ भने नेपाली कांग्रेस, नेकपा एमाले लगायतका अन्य दलहरू विपक्षी भूमिकामा रहेका छन्।
संसद् सचिवालयले बैठकका लागि आवश्यक भौतिक, प्राविधिक र सुरक्षाका सम्पूर्ण प्रबन्ध मिलाइसकेको जनाइएकाे छ।