सोमबार, २२ असार २०८३
सोमबार, २२ असार २०८३ · राजनीति
काठमाडौं, असार २२ । नेपाली काँग्रेस संस्थापन इतर पक्षले सम्पर्क कार्यालय खोलेको छ ।
सोमवार काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो । पार्टीका नेता पूर्णबहादुर खड्काले पार्टीको उद्घाटन गर्नुभयो । उद्घाटनपछि सम्पर्क कार्यालयमै १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिको बैठक पनि बसेको छ । बैठकमा काँग्रेसलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजानेबारे छलफल भएको नेता मिनबहादुर विश्वकर्माले बताउनु भयो । नेपाली काँग्रेस विगतमा पनि देशको ठूलो पार्टी रहेको र अहिले केही खस्किएको भएपनि आगामी दिनमा अझ ठूलो बनाएर लैजाने प्रतिवद्धता उहाँको छ ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजान, थप एकतावद्ध बनाउँदै लैजान र नेपाली काँग्रेस पार्टीलाई यो मुलुकको हिजो पनि पहिलो पार्टी थियो र आज पनि आज हामी केही खस्किएका छौं । भोलिका दिनमा ठूलो पार्टी बनाएर लैजानका लागि पनि लैजानका लागि पनि हामी प्रतिवद्धता व्यक्त गर्दछौँ ।’
नेता विश्वकर्माले आगामी दिनमा काँग्रेसलाई अझ ठूलो पार्टी बनाउन सबै एक हुनुपर्ने उहाँले बताउनु भयो ।