logo-image

बिहिबार, ०७ जेठ २०८३

नेपाल राष्ट्र बैंकद्वारा सेन्ट्रल एक्स्चेञ्ज काउण्टरको इजाजतपत्र खारेज

बुधबार, ०६ जेठ २०८३ · अर्थ

नेपाल राष्ट्र बैंकद्वारा सेन्ट्रल एक्स्चेञ्ज काउण्टरको इजाजतपत्र खारेज

 काठमाडौं, जेठ ६ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले कास्कीस्थित श्री सेन्ट्रल एक्स्चेञ्ज काउण्टर प्रा.लि.को मनिचेञ्जर इजाजतपत्र खारेज गरिएको जनाएको छ ।

बैंकद्वारा जारी सूचनाअनुसार पोखरा–६, कास्कीमा रहेको उक्त कम्पनीले परिवत्र्य विदेशी मुद्राको खरिद कारोबार गर्न अनुमति प्राप्त गरेको थियो । कम्पनीले कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन पेश गरेपछि राष्ट्र बैंकले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम २०८३ वैशाख ३० गतेको निर्णयअनुसार श्री सेन्ट्रल एक्स्चेञ्ज काउण्टर प्रा.लि.को मनिचेञ्जर इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । राष्ट्र बैंकले सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना सार्वजनिक गरेको जनाएको छ ।