शुक्रबार, ०५ भदौ २०८३
बिहिबार, ०४ भदौ २०८३ · राजनीति
काठमाडौं, भदौ ४ । नेपाली काँग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताउनुभएको छ ।
बिहीवार काठमाडौमा आयोजित दोलखाका लोकनायकहरु पुस्तक िवमोचन कार्यक्रममा उहाँले अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच वर्षको लागी सरकार चालउन जनताबाट म्याण्डेड लिएर आएकोेले उसलाई पाँच वर्ष काम गर्ने अवसर दिनुपर्ने बताउनु भयो । पाँच वर्षपछि काँग्रेसले सरकार चलाउनेगरि आफूहरुले तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले विगतबाट पाठ सिकेर आफूलाई सच्याउँदै अघि लैजाने बताउनु भयो । उहाँले नयाँ राजनीतिक शक्तिहरुलाई पनि पुराना दलहरूले गरेको गल्ती र भोगेको संकट नदोहो¥याउन सुझाव दिनुभयो । उहाँले संख्या नै ठूलो भन्ने भ्रमबाट मुक्त हुन पनि सरकारलाई आग्रह गर्नुभयो । विगतमा काँग्रेस–एमालेले पनि जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै आफूहरूसँग रहेको बहुमत र जनादेशलाई पर्याप्त ठानेको परिणाम अहिले भोग्नुपरेको उहाँको भनाई छ । दुईतिहाइ बहुमत भएपनि निरन्तर जनसमर्थन र नैतिक नेतृत्व गुमेपछि राजनीतिक शक्ति कमजोर बन्ने उहाँले बताउनु भयो । लोकतन्त्रमा नैतिक नेतृत्वको महत्वपूर्ण हुने उहाँको भनाई छ । सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी एकैपटक माथि मात्रै हेर्यौँ, हामीसँग पाएको शक्ति, प्रतिष्ठा मात्रै हेर्यौँ, त्यसले हामीलाई ठिक ठाउँमा पु¥याउन सक्दैन । हिजो हामीले सिकेको कुरा हो यो, हामी त्यो सिकाइबाट आफूलाई सच्याउन चाहन्छौँ, आफूलाई बदलेर लैजान चाहन्छौँ । नयाँ साथीहरूले पनि उहाँहरूले नभोगेको कुरा हामीले भोग्यौँ नि त बाबा । हामीले भोगेको कुरा किन तपाईंहरू भोग्नुहुन्छ फेरि ? तपाईंहरू त नभोग्नुस् । म त म त बारम्बार भनिरहेको छु, मज्जाले अहिलेको कम्तीमा कुनै नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुहोस् अब । नेपालले थेग्न सक्दैन। राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित जितेर आएको छ, ५ वर्ष उहाँहरूले नेतृत्व गर्नेछ । एकैचोटि अर्को ५ वर्षपछि चुनाव गर्ने, हामीले राम्रो उहाँहरूभन्दा राम्रो गर्ने गरेर तयारी गरिरहेका हुन्छौँ नि त हामी । नयाँ सोचका साथ आउँछौँ, नयाँ चिन्तनका साथ आउँछौँ, नयाँ साथीहरू जोड्छौँ । हामी जित्यौँ भने हामी आउने, नभए फेरि उहाँहरूले चलाउने । नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुस् । तर पोलिटिकल एड्भेन्चर नगर्नको लागि नागरिकहरूको निरन्तरको साथ हामी सबैलाई चाहिएको छ । तपाईंहरूलाई पनि चाहिएको छ, हामीलाई पनि चाहिएको छ ।’
काठमाडौं, भदौ ४ । सभापति थापाले संसदको गरिमा र सांसदको जिम्मेवारीप्रति पनि प्रश्न उठाउनु भयो । संसदमा पुगेपछि सांसदहरूले आफूले बोल्ने हरेक शब्द र गर्ने हरेक निर्णयप्रति गम्भीर हुनुपर्ने उहाँको भनाई छ । हाल सांसदहरुले जे मन लाग्यो त्यही बोल्ने गरेको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘यसो संसद तिर हेर्छु, त्यो प्रत्येक जितिसकेको सांसदलाई फुली लगाएजस्तो लागेको छ भनेदेखि भने, म त भोट पारा। मैले जे बोले पनि हुन्छ । मैले जे फुके पनि हुन्छ । यो संसद हो यो ? संसदको गरिमा हुन्न ? संसदको मर्यादा हुन्न ?’
उहाँले संसदमा सबैभन्दा बढी सचेत रहनुपर्ने बताउनुभयो । उहाँले संसद, सरकार, अदालत तथा संवैधानिक निकायमा जिम्मेवारी पाएका सबैले आफ्नो अधिकारको प्रयोग कानुनी रूपमा मात्र नभई जनभावनाका दृष्टिले पनि वैध र औचित्यपूर्ण रुपमा गर्नुपर्ने बताउनुभयो । कतिपय कुराहरु कानुनसम्बत् हुँदाहुँदै पनि जनभावना विपरित हुने उल्लेख गर्दै उहाँले जनताको भावना विपरित जाने छुट कसैलाई नरहेको बताउनुभयो ।