logo-image

शुक्रबार, ०२ असोज २०८३

राष्ट्रिय सभाको बैठक जारी, प्रतिवेदन पेस र संकल्प प्रस्ताव प्रस्तुत हुँदै (LIVE)

शुक्रबार, ०२ असोज २०८३ · राजनीति

राष्ट्रिय सभाको बैठक जारी, प्रतिवेदन पेस र संकल्प प्रस्ताव प्रस्तुत हुँदै (LIVE)

 

काठमाडौं, असोज २ । संघीय संसद्, राष्ट्रिय सभाको बैठक आज शुक्रबार दिउँसो सवा १ बजे सिंहदरबारमा जारी छ।

बैठकमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने, कानुन, शिक्षा तथा कृषि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्रीहरूले जवाफ दिने र प्रधानमन्त्री बालेन शाहले न्याय परिषद् एवम् न्याय सेवा आयोगका आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

साथै, सांसद मदनकुमारी शाह (गरिमा) ले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

ताजा समाचार