logo-image

शुक्रबार, १९ भदौ २०८३

ऋण मागेको हो कि प्रस्ताव आएको? : विदेशी ऋण लिने सरकारको निर्णयमा सांसद खुस्बु ओलीको कडा आपत्ति

सोमबार, २३ चैत २०८२ · राजनीति

ऋण मागेको हो कि प्रस्ताव आएको? : विदेशी ऋण लिने सरकारको निर्णयमा सांसद खुस्बु ओलीको कडा आपत्ति

काठमाडौं, चैत्र २३ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले सरकारले विदेशी ऋण लिन गरेको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । 

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले सरकारले एशियाली विकास बैंक र विश्व बैंकबाट ऋण लिन सरकारले गरेको निर्णयको विरोध गर्नुभएको हो । कुन संसदीय समिति, नीतिगत बहस र कुन आवश्यकता प्राथमिकिकरण मूल्याङ्कनका आधामा यो निर्णय गरियो ? उहाँको प्रश्न छ । उहाँले संसदीय समिति र उपसमिति गठन हुन बाँकी रहेको भन्दै यस्तो अवस्थामा सरकारले गर्ने निर्णय अपारदर्शी हुने शंका गर्नुभयो । उहाँले उक्त ऋण सरकारले माग गरेको हो कि प्रश्ताव गरिएको हो ? भन्दै सरकारसँग जवाफ माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारको मन्त्रिपरिषद् बैठकले एशियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टको लागि ९० मिलियन अमेरिकी डलर र दिगो र समावेशी वित्त परियोजनको लागि ९५ डलर अमेरिकी डलर बराबरको ठूलो सहुलियत ऋण स्वीकार गरेको छ । हामी सरकारसमक्ष सोध्न चाहान्छौँ कुन संसदीय समिति, कुन नीतिगत बहस, कुन आवश्यकता प्राथमिकिकरण मूल्याङ्कनका आधामा यो प्रकारको निर्णय लिइयो ।

 हाम्रो संसद अझै शिशु अवस्थामा छ । संसदीय समिति र उपसमितिहरु बनेका छैनन् । यस्तो अवस्थामा सरकारले गर्ने यस्तो निर्णय पारदर्शी नहुन सक्ने सम्भावना छ । उक्त ऋण हामीले माग गरेका थियौँ ? वा हामीलाई उक्त ऋणको प्रश्ताव आएको थियो । किन यो प्रोजेक्ट नै छनौट गरियो ?’

संसदीय बजेट अनुरोधको लागि सांसदहरुले धाउनुनपर्नेगरी अनलाइन पोर्टल सञ्चालन गर्न समेत उहाँले माग गर्नुभयो ।