logo-image

मङ्गलबार, ०२ भदौ २०८३

सांसद खत्रीले संसदमा उठाए राधेराधे चोकको १७ तले खण्डहर भवनकाे अवस्थाबारे बारे प्रश्न

मङ्गलबार, ०२ भदौ २०८३ · राजनीति

सांसद खत्रीले संसदमा उठाए  राधेराधे चोकको १७ तले खण्डहर भवनकाे अवस्थाबारे बारे प्रश्न


काठमाडौं, भदौ २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले भक्तपुरको राधेराधे चोकमा वर्षौँदेखि निर्माणाधीन अवस्थामा अलपत्र परेको १७ तले भवनको कानुनी, आर्थिक र प्राविधिक अवस्थाबारे सरकारले तत्काल श्वेतपत्र जारी गरी स्पष्ट जानकारी गराउनुपर्ने माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खत्रीले भक्तपुर घुम्न जाने जोकोही पर्यटक वा नागरिकले ऐतिहासिक दरबार स्क्वायर पुग्नुअघि नै राधेराधे चोकमा खण्डहरजस्तै बनेर उभिएको उक्त विशाल भवन देख्ने गरेको बताए।

संसद्मा आफ्नो भनाइ राख्दै उनले भने, "भक्तपुर घुम्न जाँदा दरबार स्क्वायरभन्दा पहिला जोकोहीले राधेराधे चोकमा वर्षौँदेखि खण्डहर बनेर मौन उभिएको भवन देख्नुहुन्छ। निर्माणकै क्रममा रोकिएको उक्त १७ तले विशाल भवनले सबैलाई चकित बनाउँछ। यसको कुरूप दृश्यले धेरैको ध्यान तान्छ र गिज्याउँछ।"

दुई दशकअघि व्यापारिक केन्द्र र रोजगारीको ठूलो सम्भावना बोकेको यो परियोजना मुख्य संरचना बनेपछि अचानक किन रोकियो भन्ने प्रश्न अझैसम्म अनुत्तरित रहेको उनको भनाइ छ।