सुनसरी, जेठ २५ । रामधुनि नगरपालिका–२ तित्रिवनस्थित सडकमा बिग्रेर रोकी राखेको को.१ ख ५१२८ नम्बरको टिपरमा झुम्काबाट इनरूवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक इनरूवा नगरपालिका–८ बस्ने २९ वर्षीय बिनोद चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम प्रालि विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।