बिहिबार, ३२ असार २०८३
बुधबार, ०२ वैशाख २०८३ · अर्थ
काठमाडौं, बैशाख २ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अहिलेका मन्त्रीहरुको विभिन्न कम्पनीहरुमा प्रवर्धक तथा सर्वसाधारण लगानीकर्ताका रुपमा सेयरमा लगानी भएको देखिन्छ । १३ मन्त्रीहरुको सेयरमा लगानी छ ।
१६ सदस्यीय मन्त्रीपरिषद्मा प्रधानमन्त्री र अन्य दुई मन्त्रीबाहेक सबैको विभिन्न कम्पनीमा सेयर लगानी रहेको देखिएको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्ले सानिमा मिडल तमोर र सांग्रीला बिकास बैंकमा प्रमोटर लगानीकर्ताको रुपमा रहेको उल्लेख छ । यसबाहेक नेशनल फन्ड म्यानेजमेन्ट, ठूलो खोला र अपर मादीखोलामा पनि लगानी छ । जसमा स्रोतको रुपमा निजी आवास बिक्रीदेखि २०८४ सम्म अन्य कम्पनीको सेयर बेचेर लगानी गर्ने सर्तमा लिएको उल्लेख छ । परराष्ट्रमन्त्री शिशिर खनालको ९ कम्पनीमा आफ्नै लगानी तथा श्रीमती अच्युता अधिकारीको नाममा १४ कम्पनीको सेयर रहेको उल्लेख भएपनि स्रोत खुलाइएको छैन ।
स्रोत उल्लेख गरेका मात्रै नभई स्रोतप्रति बिश्वास नलागी कसैले उजुरी गरेमा पनि राज्यले अनुसन्धान गर्नुपर्छ । गहृमन्त्री सुधन गुरुङको नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने विभिन्न कम्पनीमा २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको सेयर रहेको उल्लेख छ । यस्तो सेयरमा गरेको लगानीको स्रोतको रुपमा व्यवसाय र पैतृक सम्पत्तिलाई देखाइएको छ । यो बाहेक होप होल्डिङ्समा ३० लाख, लगुम प्रिमियम अपार्टमेन्ट्समा ५७ लाख र एडभेन्चर भिल्लामा ७० लाख लगानी भएको देखाइएको छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको पनि विभिन्न कम्पनीमा २० हजार ९ सय ७८ कित्ता अर्थात १ करोड ४५ लाख ४८ हजार ४ सय २० रुपैयाँको सेयर रहेकोे र स्वआर्जन गरेको उल्लेख छ । त्यस्तै स्वास्थ्य जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहताको ४ वटा कम्पनीको सेयरमा लगानी भएको र यसको स्रोतको रुपमा तलब उल्लेख गरिएको छ । उद्योगमन्त्री गौरी यादवले श्रीमान तथा आफ्नो नाममा गरी ३ करोड ३८ लाख रकम बराबरको सेयर रहेको उल्लेख गरे पनि स्रोत खुलाइएको छैन ।
अर्थमन्त्री स्वर्णीम वाग्लेको सेयरमा लगानी
कम्पनी कित्ता
सानिमा मिडल तमोर ७१ हजार ९३
सांग्रिला विकास बैंक २५ हजार ७ सय ६२
सेयर लगानी
कम्पनी लगानी स्रोत
नेशनल फन्ड म्यानेजमेन्ट ९० लाख अन्तराष्ट्रिय रोजगारी र निजी निवास बिक्री
ठूलो खोला ६० लाख
अपर मादीखोला हाइड्रो ३ करोड २०८४ सम्म अन्य हाइड्रको शेयर बिक्री गरी लगानी गर्ने सर्तमा
परराष्ट्रमन्त्री शिशिर खनालको शेयरमा लगानी
कम्पनी कित्ता स्रोत खुलाइएको छैन
बिपिडब्लु माइक्रोफाइनान्स २५ सय ६० कित्ता
ओम मेगाश्री फार्मास्युटिकल्स ५ हजार कित्ता
ग्लोबल आइएमई बैंक १ सय ९ कित्ता
नबिल बैंक ५० कित्ता
मुक्तिनाथ विकास बैंक ७३ कित्ता
अन्य १ सय कित्ता
श्रीमति अच्युता अधिकारीको नाममा १४ कम्पनीको सेयर
पिक एण्ड ड्रप ३३ प्रतिशत
रिग्पा इन्टरनेशल १०० प्रतिशत
ताजा एग्रो फार्म १६ प्रतिशत
उर्जामन्त्री विराजभक्त श्रेष्ठ
नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएका विभिन्न कम्पनीमा २० हजार ९ सय ७८ कित्ता १ करोड ४५ लाख ४८ हजार ४ सय २० बराबरको लगानी
गृहमन्त्री सुधन गुरुङको सेयरमा लगानी
कम्पनी संख्या रकम स्रोत
होप होल्डिङ्स प्रालि ३० हजार ३० लाख व्यवसाय र पैतृक सम्पत्ति
लगुम प्रिमियम अपार्टमेन्ट्स ५७ हजार ५७ लाख व्यवसाय र पैतृक सम्पत्ति
नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने सेयर २ करोड ७४ लाख ५६ हजार २ सय व्यवसाय र पैतृक सम्पत्ति
एडभेन्चर भिल्ला ७० हजार ७० लाख व्यवसाय र पैतृक सम्पत्ति
कानुनमन्त्री सोविता गौतमको सेयरमा लगानी
कम्पनी संख्या स्रोत
हिमालय ट्रट हिमालय टुर्स एण्ड ट्रेक्स ५० प्रतिशत पैतृक सम्पत्ति
सोपान मल्टीपल कम्पनी ६५ सय तलब
स्वास्थ्य जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताको सेयरमा लगानी
कम्पनी संख्या रकम स्रोत
घलेम्दी हाइड्रो ६० कित्ता १४ हजार ६ सय ५० तलब
हिमाल दोलखा हाइड्रोपावर ८८ १९ हजार ८ सय ८८ तलब
नेपाल पूर्वाधार विकास बैंक ६४ १७ हजार २ सय ३ तलब
जिबिएलभी १८ ३६ हजार ५ सय ९६ तलब
संस्कृति तथा पर्यटनमन्त्री खडकराज पौडेलको सेयरमा लगानी
कम्पनी सेयर
भगतवती हाइड्रोपावर डेभलपमेन्ट ६ सय ५२ कित्ता
एसएसआएस लगानी योजना १० हजार
मझेरी सहकारी ७५ सय