बुधबार, २३ वैशाख २०८३
बुधबार, २३ वैशाख २०८३ · जिवनशैली
काठमाडौं, वैशाख २३ । नेपाली काँग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मासहितका सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
बुधवार बसेको प्रतिष्ठानको बैठकमा प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति शर्मालाई पार्टी सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । उपसभापति शर्माले प्रतिष्ठानका बाँकी सदस्यहरुलाई शपथ खुवाउनु भयो । पार्टीका उपसभापति एवं केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख शर्माले मंगलवार प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गर्नुभएको थियो ।
उपसभापति शर्माले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी ३९ सदस्य नियुक्त गर्नुभएको थियो ।