logo-image

मङ्गलबार, १६ भदौ २०८३

प्रतिनिधिसभाको बैठक (प्रत्यक्ष प्रसारण)

सोमबार, ०४ जेठ २०८३ · राजनीति

प्रतिनिधिसभाको बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं, जेठ ४ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।  

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । साथै आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल प्रारम्भ हुने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।
    
यस्तै आज राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल प्रारम्भ हुने कार्यसूची रहेको जनाइएको छ ।