बुधबार, २३ वैशाख २०८३
बुधबार, २३ वैशाख २०८३ · अन्तर्राष्ट्रिय
काठमाडौं, वैशाख २३ । पाकिस्तानका विदेशमन्त्री मोहम्मद इसहाक डारले अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्यका लागि मध्यस्थताका प्रयासहरू भइरहेको जानकारी दिनुभएको छ ।
मङ्गलवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यी प्रयासहरूबाट ‘महत्वपूर्ण प्रगति’ हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । राजदुत तथा कूटनीतिक नियोगका सदस्यहरूलाई सम्बोधन गर्दै विदेशमन्त्री डारले पाकिस्तानले युद्धविराम सुरक्षित गर्न र संवादलाई प्राथमिकता दिन दुवै पक्षसँग निरन्तर सम्पर्क गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँकाअनुसार सबै पक्षलाई मान्य हुनेगरी शान्तिपूर्ण समाधान खोज्नु नै पाकिस्तानको मुख्य उद्देश्य रहेको छ । विभिन्न देशहरूको समर्थनमा जारी वर्तमान परामर्श र छलफलले यो द्वन्द्वलाई दुवै पक्षको हित हुने (विन–विन) गरी समाधान गर्न सहयोग पुग्नेमा उहाँले आशा व्यक्त गर्नुभयो ।