बुधबार, १७ भदौ २०८३
मङ्गलबार, २६ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ २६ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गर्नुभएको छ। म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री हुनुहुन्थ्यो।
यसका साथै प्रधानमन्त्री शाहले विवादपछि राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङलाई पनि पुनः गृह मन्त्रालयमा फर्काउने निर्णय लिनुभएको छ। सेयर खरिद विवादमा छानबिन समितिबाट 'क्लिन चिट' पाएपछि गुरुङलाई फेरि गृहको जिम्मेवारी दिन लागिएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार नवनियुक्त दुवै मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आजै (मंगलबार) दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको छ।