बिहिबार, ०३ वैशाख २०८३
आइतबार, १५ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १५ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। 'जेन-जी' आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको अनुसन्धानका सिलसिलामा उनलाई अदालत पेश गरिएको हो।
शनिबार सार्वजनिक बिदा परेका कारण उनलाई आज मात्रै अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ। नेता लेखकलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। अदालतले अनुमति दिएमा उनीमाथि हिरासतमा राखेर थप अनुसन्धान अघि बढ्नेछ।