logo-image

बिहिबार, ३२ असार २०८३

कोमल वलीका बुबा ललित बहादुर वलीको छतबाट खसेर निधन

शुक्रबार, १३ चैत २०८२ · समसामयिक

कोमल वलीका बुबा ललित बहादुर वलीको छतबाट खसेर निधन

दाङ, चैत १३ । पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीका बुवा ललित बहादुर वलीको घरको छतबाट खसेर निधन भएको छ।

आज बिहान घाम ताप्न छतमा गएका बेला उनी खसेर गम्भीर घाइते भएका थिए। उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिए पनि उपचारकै क्रममा उनको निधन भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बावुराम बस्नेतका अनुसार, बिहान करिब १० बजे तुलसीपुर–६ स्थित आफ्नै घरको दुई तलामाथिबाट खसेर उनी घाइते भएका थिए।

पारिवारिक स्रोतका अनुसार, उनको अन्त्येष्टि आजै शितलपुर बबई घाटमा गरिनेछ। बुवाको निधनपछि कोमल वली आजै काठमाडौँबाट दाङ आउने बताइएको छ। उनका तीन छोरा र कोमल वलीसहित चार छोरी रहेका छन्।

ताजा समाचार