logo-image

बिहिबार, ३२ असार २०८३

ग्राण्डी हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रममा आईविवी अष्ट्रेलियाको सहयोग

बिहिबार, १२ चैत २०८२ · समसामयिक

ग्राण्डी हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रममा आईविवी अष्ट्रेलियाको सहयोग


काठमाडौं, चैत्र १२  । ग्राण्डी इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाईटी को सहकार्यमा डाउन सिन्ड्रोम भएका बाल बालिकाको हेरचाह, स्वस्थ्य र शिक्षाका सन्दर्भमा छलफल तथा अन्तरक्रिया गरियो । 

ग्राण्डी इन्टरनेशनल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यस कार्यक्रममा बैदेशिक नियोगका प्रतिनिधिहरु, एवनका सदश्यहरु, डाउन सिन्ड्रोम सोसाइटीका प्रतिनिधि, हस्पिटलका डाक्टरहरु तथा डाउन सिन्ड्रोम भएका बालबालिका तथ अभिभावकहरु सहभागिता जनाएका थिए । बेवि हेल्थ केयर प्रोडक्स्का क्षेत्रमा नेपाली बजारमा अग्रणी रहेको अष्ट्रेलियन ब्राण्ड आईविविले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस कार्यक्रमको लागि सहकार्य र सहभागिता जनाएको थियो ।

कार्यक्रममा बोल्दै ग्राण्डी हस्पिटलका मेडिकल डाईरेक्टर डा. विनोद विजुक्छेले डाउन सिन्ड्रोम भएका बालबालिकालाई परिवारको मायाँ, परिवार भित्रका कार्यहरुमा उनीहरुको सहभागीताउनीहरुको लाईफ स्किल इन्ह्यान्समेन्टमा ध्यान दिएको खण्डमा ठूलो परिवर्तन ल्याउन सकिने बताए । एवनकी प्रेसिडेन्ड बाबा सरकार श्रेष्ठले डाउन सिन्ड्रोम भएको बच्चा जन्म दिएकै कारण प्रताडित भएकी आमा देख्दा असह्य पिडा बोध भएको सुनाउँदै, यसमा चेतना अभिवृद्धि तथा हामी सबैको सहभागिता मूलक सहयोग अपरिहार्य रहेको बताईन् । उनले कार्यक्रममा बोल्दै भनिन्, “यो समाजमा भएका हरेक मानिस फरक छन्, त्यसैले यो संसार सुन्दर छ, डाउन सिन्ड्रोम भएका बालबालिकामा भएका फरक क्षमतालाई हामीले पहिचान गर्न सक्नुपर्छ, उनीहरुको फरक एविलिटीलाई सेलिब्रेट गर्नुपर्छ, अवसर र समानता कायम गर्नुपर्छ ।”
डाउन सिन्ड्रोम सोसाइटीकी अध्यक्ष शिला थापाले आफ्नो छोरा डाउन सिन्ड्रोम भएकै कारण भोगेका घटना सुनाउँदै, अन्य अभिभावकलाई सहयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ डाउन सिन्ड्रोम सोसाइटी नै स्थापना गरेको बताईन् । 

विश्वमा जन्मने हरेक ७०० बालबालिका मध्ये एक डाउन सिन्ड्रोम हुने तथ्यलाई आधार मानी त्यसको तयारी र उनीहरुको आवश्यकता परिपूर्तिका लागि राज्यबाट गरिनुपर्ने सहयोग र पूर्वाधार विकाशमा आवश्यकता अनुरुप लगानी नभएको देखिन्छ । यसले गर्दा डाउन सिन्ड्रोम भएका बालबालिका तथा परिवारका सदश्यहरु समेत सामाजिक भेदभावको शिकार हुँदै आएका छन् । यस परिप्रेक्ष्यमा ग्राण्डी इन्टरनेसल हस्पिटल तथा एवनले लिएको अग्रसरता प्रति कृतज्ञता जाहेर गर्दै कार्यक्रमको हिस्सा बन्न पाउँदा आफूले गर्व महशुष गरेको आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्युटी कुमारी सर्राफले बताईन् र भविष्यमा समेत सामाजिक उत्तरदायित्व बहन गर्दै यस क्षेत्रको विकासमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता समेत ब्यक्त गरिन् ।