logo-image

बिहिबार, ०३ वैशाख २०८३

प्रधानमन्त्री र समानुपातिक सांसदहरूबीच आज अन्तरक्रिया: सिंहदरबारमा क्लस्टरगत समस्याबारे छलफल हुने

बुधबार, १८ चैत २०८२ · राजनीति

प्रधानमन्त्री र समानुपातिक सांसदहरूबीच आज अन्तरक्रिया: सिंहदरबारमा क्लस्टरगत समस्याबारे छलफल हुने

 

काठमाडौं, वैशाख २ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग आज विशेष अन्तरक्रिया गर्दै हुनुहुन्छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजेका लागि तय गरिएको उक्त कार्यक्रममा सांसदहरूले आ–आफ्नो क्लस्टरका विद्यमान समस्या, चुनौती र समाधानका सम्भावित उपायबारे प्रत्यक्ष रूपमा धारणा राख्नेछन्।

जनप्रतिनिधि र कार्यपालिकाबीच सीधा संवाद कायम गरी नीति निर्माण तथा कार्यान्वयनको प्रक्रियालाई थप चुस्त र प्रभावकारी बनाउने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।