बिहिबार, ३२ असार २०८३
मङ्गलबार, २४ चैत २०८२ · अर्थ
काठमाडौं, चैत्र २४ । सरकारले उपभोक्तालाई राहत दिन पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको भन्सार शुल्क र पूर्वाधार करमा ५० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले इन्धनको बढ्दो मूल्य र आर्थिक चापलाई मध्यनजर गर्दै यो सहुलियत दिने निर्णय गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार, अबदेखि पेट्रोलियम पदार्थमा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट लागू हुनेछ।