logo-image

बिहिबार, ३२ असार २०८३

रोकिए बिकास निर्माणका काम, अर्थतन्त्र थप प्रभावित हुने जोखिम

शुक्रबार, २० चैत २०८२ · अर्थ

रोकिए बिकास निर्माणका काम, अर्थतन्त्र थप प्रभावित हुने जोखिम

काठमाडौं, चैत २० । अन्तर्राष्ट्रिय बजारमा बिटुमीनको मूल्य बढेसँगै यसको प्रत्यक्ष प्रभाव नेपालको बिकास निर्माणमा समेत परेको छ । मूल्य बढेपछि निर्माण व्यवसायीले बिटुमीनको अभाव देखाउदै बिकास निर्माणका काम रोकेका छन् । बिटुमीनको उपलब्धतामा कमि आएको त छ नै बिशेषगरि निर्माण लागत बढि भएको भन्दै उनिहरुले काम रोकेका हुन् । 
८० प्रतिशत विकास निर्माणका काम रोकिएको नेपाल निर्माण व्यवसायीहरु बताउँछन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहका अनुसार अहिले निर्माण क्षेत्रमा २० प्रतिशत मात्रै काम भएको छ । निर्माण सामग्रीको मूल्य महंगो हुनुका साथै उपलब्धतामा कमि आएपछि ८० प्रतिशत काम ठप्प  भएको हो । 
पश्चिम एसियामा द्वन्द्व सुरु हुनुअघि प्रतिकेजी ८५ देखि ९५ रुपैयाँसम्म रहेको बिटुमिनको मूल्य अहिले १ सय ३५ रुपैयाँ पुगेको छ । यसरी ४० देखि ५० रुपैयाँसम्म बढेको बिटुमिनको मूल्यले निर्माण लागत बढेपछि निर्माण व्यवसायीहरु भने काम नै अघि नबढाई बसेका छन् । 
अहिले पश्चिम एसियाका विभिन्न देशबाट भारत हुँदै नेपालमा आउने बिटुमिनको उपलब्धतासमेत छैन । जसका कारण केही आयोजनाले निर्माणको काम अघि बढाउन सकेका छैनन् । 
एक महिनाअघि अर्थात द्वन्द्व सुरु हुनुअघि ७२ रुपैयाँ प्रतिकेजी रहेको डन्डीको भाउ अहिले ९५ रुपैयाँ पुगेको छ भने सिमेन्ट पनि प्रतिबोरा ५० देखि ६० रुपैयाँ महंगो भएको छ । बढेको मूल्य समायोजन नहुँदासम्म निर्माणअघि बढाउन नसकिने व्यवसायी बताउँछन् । 
इन्धनमा भएको भारी मूल्य वृद्धिका कारण पूर्व पश्चिम महेन्द्र राजमार्ग स्तरोन्नतिको काम पनि प्रभावित भएको छ । इन्धनको भाउ बढेसँगै बालुवा, गिट्टी, माटोलगायत निर्माण सामग्री ढुवानी र सडक विस्तारको काममा प्रत्यक्ष असर परेपछि विभिन्न स्थानमा सडक बिस्तार प्रभावित भएको निर्माण व्यवसायीहरु बताउँछन् ।