बिहिबार, ३२ असार २०८३
बुधबार, २५ चैत २०८२ · अर्थ
काठमाडौं, चैत्र २५ । बुधबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २०५ रुपैयाँले बढेर आज ५ हजार २५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।