logo-image

मङ्गलबार, १९ जेठ २०८३

राष्ट्रपतिबाट प्रतिनिधि सभा सदस्य निर्वाचन र मतदाता नामावली विधेयक प्रमाणीकरण

मङ्गलबार, १९ जेठ २०८३ · राजनीति

राष्ट्रपतिबाट प्रतिनिधि सभा सदस्य निर्वाचन र मतदाता नामावली विधेयक प्रमाणीकरण

काठमाडौं, जेठ १९ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३ प्रमाणीकरण गर्नुभएको छ । 
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले विधेयक प्रमाणीकरण भएको जानकारी गराउनुभएको हो । जेठ १७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई सभामुख डोलप्रसाद अर्यालले मंगलवारको बैठकमा पढेर सुनाउनु भयो । मंगलवारकै बैठकमा प्रतिपक्षी दलहरुको विरोधका बीच सभामुख अर्यालले मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३, पनि प्रमाणीकरण भएको जानकारी गराउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको देहायका विधेयकको सक्कली एक प्रति यसै पत्रसाथ संलग्न गरी पठाएको व्यहोरा अनुरोध छ । विधेयकको नामः प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३ । प्रमाणीकरण भएको मिति, २०८३ जेठ १७ । मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३, प्रमाणाीकरण भएको मिति, २०८३ जेठ १७ ।’
प्रतिनिधि सभाको अर्को बैठक जेठ २५ गते सोमवार बस्नेगरी स्थगित भएको छ ।–न्युज एजेन्सी नेपाल