मङ्गलबार, २९ वैशाख २०८३
मङ्गलबार, २९ वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख २९ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ।
छलफलमा विभिन्न राजनीतिक दलका सांसदहरूले दलीय प्रतिनिधित्वका आधारमा आफ्नो धारणा राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। चालु अधिवेशनमै सरकारले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटसमेत प्रस्तुत गर्ने तयारी गरेको छ।